प्रथम पालिका स्तरीय फुटबल प्रतियाेगिताकाे उपाधि मुसीकाेटलाई
64x64
२०७९ असार ०४ शनिबार प्रेसपालिका संवाददाता
652 Views

रूकुम पश्चिमकाे चाैरजहारीमा आयाेजित प्रथम पालिका स्तरीय फुटबल प्रतियाेगिताकाे उपाधि मुसीकाेट नगरपालिकाले हात परेकाे  । वडा नम्बर २ स्थित रंगशालामा आज भएकाे फाईनलमा चाैरजहारी नगरपालिकालाई पराजित गर्दै मुसीकाेटले ३-२ गाेलले उपाधि जितेकाे हाे ।प्रथम पालिका स्तरीय फुटबल प्रतियाेगिताकाे उपाधि मुसीकाेटलाई - प्रेस पालिका

चाैरजहारीले भने समुहका दुबै खेल जितेकाे थियाे । समूह चरणकाे खेलमा मुसीकाेट चाैरजहारीसंग ४-० गाेल अन्तरले पराजित भएकाे थियाे । दाेस्राे खेलमा भने मुसीकाेटले आठबीसकाेटलाई हराएकाे थियाे । पहिलाे खेलमा मुसीकाेटलाई हराएकाे चाैरजहारीले दाेस्राे खेलमा आठबीसकाेटलाई हराएकाे थियाे । जिल्ला खेलकुद विकास समिति रूकुम पश्चिमले आयाेजना गरेकाे प्रतियाेगितामा ३ वटा स्थानीय तहले भाग लिएका थिए ।प्रथम पालिका स्तरीय फुटबल प्रतियाेगिताकाे उपाधि मुसीकाेटलाई - प्रेस पालिका

विजेता बनेकाे मुसीकाेटले नगद ७० हजार, कप, मेडल र प्रमाणपत्र पाएकाे छन् त्यस्तै उपविजेता चाैरजहारीले ४० हजार र प्रमाणपत्र कप, मेडल हात परेकाे छ । आठबीसकाेटले २० हजार परस्कार पाएकाे जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव लिलाप्रसाद ढकालले जानकारी दिनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News