अबैध अफिम नष्ट
64x64
२०८० चैत्र २६ सोमबार प्रेसपालिका संवाददाता
215 Views

रुकुम पश्चिम २६, चैत ।

रुकुम पश्चिमको इलाका प्रहरी कार्यालय आठबिसकोटले सोमबार चार रोपनी जमिनमा लगाएको अबैध अफिम नष्ट गरेको छ ।

 

 

प्रहरी नायब निरीक्षक दिपक केसीको कामाण्डमा गएको ७ जनाको प्रहरी टोलीले वडानम्बर -७, स्यालाकोट र डाँफेमा अबैध रुपमा लगाइएको अफिम खेती  नष्ट  गरेको हो ।

 

 

यस अघि चैत ५ देखि ८ गतेसम्म इलाका प्रहरी कार्यालय आठबिसकोट र अस्थायी प्रहरी पोष्ट स्यालाखदी बाट खटिएको प्रहरीले वडानम्बर १, २ र ३ मा अन्दाजी ६५ रोपनी जमिनमा  लगाएको  अबैध अफिम खेती फडानी  गरि नष्ट गरेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News