आगलागी हुँदा ३५ लाख क्षति
64x64
२०८० चैत्र २६ सोमबार प्रेसपालिका संवाददाता
373 Views

रुकुम पश्चिम २६, चैत ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडानम्बर -२, स्यालामा घर आगलागी हुँदा लाखौंको क्षति भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार राति अन्दाजी १२ बजेको समयमा स्थानीय धन बहादुर बोहराको घरमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको छ ।

 

 

आगलागी हुँदा ढुङ्गा माटोबाट बनेको चारकोठे कच्ची घर संगै घरमा रहेको खाद्यान्न तथा किराना पसल, नास्ता पसल, घरमा रहेको काठ, भाँडावर्तन, लत्ताकपडा, र नगद तीनलाख तीस हजार पूर्ण रुपमा जली नष्ट भएको बताइएको छ ।

 

 

प्रहरी र स्थानीयको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा लिइएको र आगलागीको कारण अझै नखुलेको प्रहरीको भनाई छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News