आगलागीमा परेर वृद्दाको मृत्यु
64x64
२०८१ बैसाख ०९ आइतबार प्रेसपालिका संवाददाता
96 Views

रुकुम पश्चिम ९, बैशाख ।
रुकुम पश्चिममा आगलागीमा परेर ७१ वर्षीया बृद्दाको मृत्यु भएको छ । आज दिउँसो बाँफिकोट गाउँपालिका -३, को भत्नीगारे सामुदायिक वनमा लागेको आगो गाउँमा पस्दा स्थानीय बुदी कामीको मृत्यु भएको हो ।

 

 

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक कामीको दुई तले खरले छाएको माटोको कच्ची घरमा आगो पस्दा उनको घटनास्थलमै मृत्यु भएको छ । आगलागीमा परेर मृत्यु भएकी बृद्दाको शरीर जलेको अवस्थामा प्रहरी र स्थानीयले घर बाहिर निकालेका थिए ।

 

 

आगलागीबाट घर पूर्ण रुपमा ध्वस्त भएको छ । सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिने काम भैरहेको प्रहरीले बताएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News