विपद राहत सामग्री हस्तान्तरण
64x64
२०८१ बैसाख ०१ शनिबार प्रेसपालिका संवाददाता
71 Views

रुकुम पश्चिम १, वैशाख ।

रुकुम पश्चिमको जिल्ला प्रशासन कार्यालयलाई शुक्रबार विपद राहत सामग्री हस्तान्तरण गरिएको छ । बेइजिङ अन्तर्राष्ट्रिय विनिमय संघ र दिगो विकास समिति मार्फत भूकम्प प्रभावितका लागि विपद राहत सामग्री हस्तान्तरण गरिएको हो ।

समाजसेवी रोशना लामाको पहलमा २० लाख रकमबाट एकहजार पिस ब्लाङ्केट हस्तान्तरण गरिएको छ । उहाँका अनुसार जाजरकोट भूकम्पबाट प्रभावित रुकुम पश्चिमका घर परिवारलाई लक्षित गरि विपद सामग्री हस्तान्तरण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले सो विपद सामग्री भूकम्प प्रभावितको आवश्यकतामा वितरण गरिने जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News