रिनदहमा तिर्थ स्मृति पार्क तथा प्रतिक्षालय निर्माण हुँदै
64x64
२०८० चैत्र २६ सोमबार प्रेसपालिका संवाददाता
1685 Views

रुकुम पश्चिम २६, चैत ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -७ र ८ को संगम स्थल रिनदहमा तिर्थ स्मृति पार्क तथा प्रतिक्षालय निर्माण हुने भएको छ । चयरी सामुदायिक वन उपभोक्ता समुह मुसिकोट नगरपालिका ७ को निर्माण तथा स्व तिर्थ बहादुर पुनको परिवार र सहयोगीदाताहरुको आर्थिक सहयोगमा पार्क बन्न लागेको हो ।

 

 

मुसिकोट नगरपालिका वडानम्बर ७ खाल्बोट साँख रुकुम पश्चिम निवासी स्व पुन २०७३ साउन २१ गते जिल्ला सदरमुकाम खंलगाबाट घर फर्कदै गर्दा मुसिकोट ६ कानेबाङमा भएको जिप दुर्घटनामा परि घाईते हुनुभएको थियो । समाजसेवा देखी सक्रिय राजनितिमा लाग्नुभएका पुनलाई थप उपचारको लागि नेपालगंज लग्दै गर्दा साउन २२ गते निधन भएको थियो ।

 

 

राजनीतिक, तथा सामाजिक क्षेत्रमा पुनले पुर्याएको योगदानलाई स्मरण गर्दै उहाँको सम्मान र सम्झनाको लागि मुसिकोट नगरपालिका वडा नम्बर ७ र ८ को सिमानामा पर्ने रिन्दहमा तिर्थ स्मृति पार्क तथा प्रतिक्षालय निर्माण गर्न लागिएको छोरा लोकेन्द्र पुनले जानकारी दिनुभयो । पार्क निमार्णको लागि सबैमा सहयोगको अपिल समेत गरिएको छ ।

 

२०८१ को असार सम्म निर्माण कार्य सम्पन्न गर्ने गरि काम अगाडि बढाएको छ । निमार्ण कार्य सम्पन हुँदा सम्म करिब १६ लाख बजेट खर्च हुने अनुमान गरिएको छोरा लोकेन्द्र पुनले जानकरी दिनुभयो ।

 

 

पुनका अनुसार मध्यपहाडी लोकमार्ग संगै जोडिएकोे ठाउँमा पार्क तथा प्रतिक्षालय निर्माण हुने भएकाले पनि आन्तरिक संगै बाह्य पर्यटकीय गतिविधिहरु समेत बढ्न सक्ने बिश्वास आफुले लिएको बताउनुभयो ।

 

साथै पार्क निमार्ण पछि त्यसको स्वामित्व स्थानीय सरकारले लिएमा झन्  राम्रो हुने पुनको भनाइ छ । पार्क निमार्णको काम ६० प्रतिशत पूरा भैसकेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News