मोटरेबल पुल : ६ वर्षमा ७० प्रतिशत काम पूरा
64x64
२०८० बैसाख ०५ मंगलबार प्रेसपालिका संवाददाता
390 Views

दिपेन्द्र महतारा

रुकुम पश्चिम ५, बैशाख ।
रुकुम पश्चिममा ६ वर्ष अघि सुरु गरिएको एक मोटरेबल पुल निर्माणको काम अझै सकिएको छैन । मुसिकोट नगरपालिका -१, र बाँफिकोट गाउँपालिका -१०, जोड्ने गरि २०७४ असारमा सुरु गरिएको गाँराघाट पुलको काम अहिले पनि निर्माणाधीन अवस्थामा रहेको छ ।

सडक डिभिजन कार्यालय चौरजहारीका डिभिजन प्रमुख इन्जिनियर आशुतोष कर्णका अनुसार चालु आर्थिक वर्षको अन्तिम सम्म पुल निर्माणको काम सक्ने लक्ष्य राखिएको छ । लामोसमय देखि अलपत्र बनेको पुलको काम केही महीना अघिबाट मात्रै सुरु गरिएको हो । ९ करोड लागत रहेको मोटरेबल पुलको हालसम्म ७० प्रतिशत काम पूरा भएको पुल निर्माणको जिम्मा लिएको नाकार्जुन कन्स्ट्रक्सन प्रालि काठमाडौंले बताएको छ ।

यसअघि निर्माण कार्य थालिएको तीन महीनामै ठेकेदार र निर्माण कम्पनीका कारण लामोसमय देखि निर्माणाधीन पुल अलपत्र बनेको थियो । तर पटकपटक म्याद थप हुँदै आएको मोटरेबल पुलको काम अझै ३० प्रतिशत बाकी रहेकाले चालु वर्षमा समेत निर्माण कार्य सक्न मुस्किल रहेको निर्माण कम्पनीको भनाइ छ ।

सो पुल निर्माण पश्चात् रुकुम पश्चिमको व्यापारिक केन्द्र मानिएको छिन्खेत, राडीबजार हुँदै डोल्पा सम्मको सडक यातायात सेवा सहज हुने छ । गाँराघाटमा पक्की पुल नहुँदा २०३२ सालमा बनेको झोलुङ्गे पुल बाट यस क्षेत्रका नागरिकले आवतजावत गर्दै आएका छन् ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Samir
Samir
1 year ago

६ वर्ष सम्म पुल बनेन भन्दा त्यो भन्दा ठूलो बेइज्जत अरु केही होइन। सडक डिभिजन कार्यालय धेरै टाढा भयो ‘ त्यहि भएर नै काम ढिलो हुनसक्छ।

Flash News