जिप दुर्घटना: मृतक ५ जनाको पहिचान खुल्यो
64x64
२०८० जेठ ११ बिहिबार प्रेसपालिका संवाददाता
371 Views

रुकुम पश्चिम ११, जेठ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -८, दुलीमा बिहीवार भएको जिप दुर्घटनाका पाँच जनाको पहिचान खुलेको छ । सानीभेरी गाउँपालिका -५, हाँसुबाट मेलचौर हुँदै सदरमुकाम खलंगा तर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेर मृत्यु भएका पाँच जनाको पहिचान खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक बिष्णु कुमार श्रेष्ठका अनुसार दुर्घटनाका सबै मृतक र घाइतेको पहिचान खुलेको छ । दुर्घटनामा परेर सानीभेरी गाउँपालिका -५, का ७० वर्षीय कर्ण बाँठा मगर, ४८ वर्षीय देउचन खत्री र २३ वर्षीया सितला कुसारीको मृत्यु भएको छ ।

त्यस्तै बाँफिकोट गाउँपालिका -८, की २२ वर्षीया रेखा खनाल केसी र उनको २२ दिने बच्चा रोशन केसीको मृत्युु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । चार जना गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत नेपालगन्ज लगिएको छ । अन्य ६ जना घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ ।

१५ जना सवार रहेको जिप सडकबाट ४ सय मिटर तल खसेको प्रहरीले बताएको छ । जिप ब्रेक फेल भएर दुर्घटनामा परेको जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News