हिमालय लोक स्टारको सेमिफाइनलमा पुगे रुकुमका बलराम
64x64
२०७९ चैत्र २३ बिहिबार प्रेसपालिका संवाददाता
688 Views

रुकुम पश्चिम २३, चैत ।
लोक गायनमा आधारित रियालिटी शो ‘हिमालय लोक स्टार नेपाल’को दोस्रो सिजनमा रुकुम पश्चिमका बलराम विश्वकर्मा सेमिफाईनल अर्थात उत्कृष्ट ८ मा प्रवेश गरेका छन् । रुकुम पश्चिम सानीभेरी गाउपालिका वडानम्बर -३, गरायलाका विश्वकर्मा डिजिटल अडिसन हुँदै विभिन्न राउण्डहरु पार गरेर सेमिफाईनल प्रवेश गरेका हुन् ।

लोक स्टारमा प्रस्तुत गरेको प्रस्तुतिलाई मन पराएर  दर्शकले दिएको भोटको आधारमा विश्वकर्मा उत्कृष्ट १० बाट सेमिफाइनल अर्थात् उत्कृष्ट ८ मा पुगेका छन् । अव फाइनलका लागि एक खुड्किलो मात्र बाँकी रहेको छ । फाईनलमा पुग्नको लागि दर्शकको भोटमा निर्भर रहेको भन्दै उनले धेरै भन्दा धेरै भोट गरेर सहयोग गर्न सबैलाई अनुरोध गरेका छन् ।

उनलाई भोट गर्नका लागि आइएमई पे मोबाइल एप आवश्यक पर्छ । उनको भोटिङ कोड ०१ रहेको छ । मोबाइलको प्ले स्टोरमा गएर आइएमई पे एप डाउनलोड गरि त्यसबाट बलरामलाई भोट गर्न सकिने छ ।

नेपाल लोक स्टार–२ का विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News