आँखा अप्रेशन शिविर सञ्चालन
64x64
२०७९ चैत्र १० शुक्रबार प्रेसपालिका संवाददाता
402 Views

रुकुम पश्चिम १०, चैत ।
रुकुम पश्चिममा २ दिने निशुल्क आँखा अप्रेशन शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र सल्ले रुकुम पश्चिमको आयोजना, मुसिकोट नगरपालिका र एन ए बिपि आईकेयर नर्वेको आर्थिक सहयोग तथा राप्ति आँखा अस्पताल तुल्सिपुर दाङको प्राविधिक सहयोगमा निशुल्क आँखा अप्रेशन शिविर सञ्चालन हुने भएको हो ।

यहि चैत २३ र २४ गते जिल्ला अस्पताल आँखा उपचार केन्द्र सल्ले रुकुम पश्चिममा शिविर सञ्चालन हुने नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र सल्ले रुकुम पश्चिमका ईन्चार्ज धन बहादुर केसीले जानकारी दिनुभयो ।

शिविरमा मोतिबिन्दु तथा सम्पुर्ण आँखाका समस्याहरुको चेकजाँच तथा निशुल्क उपचार गरिने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News