स्वास्थ्य शिविरबाट लिए तीनसय २५ जनाले स्वास्थ्य सेवा
64x64
२०८० चैत्र १६ शुक्रबार प्रेसपालिका संवाददाता
187 Views

रुकुम पश्चिम १६, चैत ।

रुकुम पूर्वमा सञ्चालन गरिएको दुई दिने मानसिक नि:शुल्क स्वास्थ्य शिविरबाट तीनसय २५ जनाले स्वास्थ्य सेवा लिएका छन । जिल्लाको भूमे गाउँपालिका वडानम्बर -२, काँक्री स्वास्थ्य चौकीमा चैत १४ र १५ गते संचालन भएको शिविरबाट तीनसय बढीले सेवा लिएका हुन् ।

 

नेपाल जनजागरण मञ्चका अध्यक्ष टेक बहादुर कुसारीका अनुसार रुकुम पूर्व, रोल्पा, जाजरकोट र रुकुम पश्चिम गरि चार जिल्लाका नागरिकले स्वास्थ्य सेवा लिएका छन् ।
सो शिविरबाट जिल्लामा उपचार सम्भव नभएका २० जनालाई काठमाडौ रिफर गरिएको छ ।

 

दुई दिन सम्म सञ्चालन भएको शिविर सिस्ने गाउँपालिका, भुमे गाउँपालिका, पुथा उत्तरगंगा गाउँपालिका तथा स्वास्थ कार्यालयको समन्वयमा युनाइटेड मिसन टु नेपाल र नेपाल जनजागरण मञ्चको आर्थिक तथा प्राविधिक सहयोग रहेको थियो ।

 

 

शिविरमा मनोचित्सिक डा. बासुदेव कोईराला, मनोचित्सिक डा. सुमन अर्याल, सियमसी नेपालका मनोपरामर्शकर्ता डाक्टर नविन झाँ लगायत डाक्टरहरुको टोलीले सेवा दिएका थिए ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News