बागेधार मन्दिर व्यवस्थापनमा सहयोग गर्नेलाई सम्मान
64x64
२०८० श्रावन ०५ शुक्रबार प्रेसपालिका संवाददाता
236 Views

निराजन सिर्पाली
रुकुम पूर्व ५, साउन ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका वडानम्बर -३, मा रहेको बागेधार मन्दिर व्यवस्थापनमा सहयोग गर्ने व्यक्तिलाई सम्मान गरिएको छ । विहीबार एक कार्यक्रमको आयोजना गरि सहयोग गर्ने व्यक्तिलाई सम्मान गरिएको हो ।

मन्दिर व्यवस्थापन समितिका अनुसार मन्दिरमा सहयोग गर्ने ४८ जना ब्यक्तिलाई सम्मान गरिएको छ । मन्दिर व्यवस्थापनका लागि ४८ जनाबाट ५ लाख ४८ हजार ४ सय ६९ रुपैयाँ सहयोग प्राप्त भएको छ । समितिका अध्यक्ष गोपिराम खड्काले सो रकमबाट मन्दिरलाई थप व्यवस्थित गरिने बताउनुभएको छ ।

यहाँको मन्दिरमा १५ सय २० साल देखि पुजा गर्न लागिएको स्थानियको अनुमान छ । मन्दिरमा पूजापाठ गर्दा मनले चिताएको पुग्ने जनविश्वास रहि आएको छ ।

सम्मान कार्यक्रममा प्रमुख अतिथि सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले मन्दिरको थप व्यवस्थापन र जगेर्नाका लागि स्थानीय सरकार तयार रहेको बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News