रुकुम पश्चिम १०, फागुन ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० मा १ दिने निःशुल्क एकिकृत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १० को आयोजना ,जिल्ला अपस्ताल रुकुम पश्चिम र आँखा उपचार केन्द सल्लेको प्राविधिक सहयोगमा १ दिने निःशुल्क एकिकृत स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।
यहि फागुन १४ गते १० नम्बर वडा कार्यलयमा शिविर सञ्चालन हुने वडा अध्यक्ष धन बहादुर खड्काले जानकारी दिनुभयो । शिविरमा स्त्री रोग सम्बन्धि सम्पुर्ण समस्या,दन्त रोग सम्बन्धि समस्या,आँखा,कान रोग सम्बन्धि सम्पुर्ण समस्याको चेकजाँचका साथै उपचार गरिने वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
शिविरमा जिल्लामा कार्यरत डाक्टहरु स्त्री रोग सम्बन्धि डा.केहल बिक्रम जि सी,दन्त रोग सम्बन्धि डा. मिलन कोईराला,आँखा ,कान रोग सम्बन्धि धन बहादुर केसी,मेडिकल अफिसर डा. भिमकान्त जैसी लगाएको स्वास्थ्यकर्मीको टिम सहभागि हुने छ ।
