६४ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
64x64
२०७९ भाद्र २९ बुधबार प्रेसपालिका संवाददाता
343 Views

रुकुम पश्चिम २९, भदौ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडानम्बर -१३, ले आज राष्ट्रिय बाल दिवसको अवसरमा ६४ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । वडापालिका भित्र रहेका ६ वटा सामुदायिक विद्यालयका जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

६४ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण - प्रेस पालिकावडा अध्यक्ष खल बहादुर खड्काका अनुसार २ माध्यमिक र ४ वटा आधारभूत बिद्यालयका ६४ विद्यार्थीलाई कापी, कलम र झोला वितरण गरिएको छ । वडापालिकाले प्रदान गर्ने जेहेन्दार विद्यार्थी कार्यक्रम अन्तर्गतको १ लाख बजेटमा शैक्षिक सामग्री प्रदान गरेको छ ।

त्यस्तै वडापालिकाले विद्यालय स्तरीय विविध कार्यक्रमको आयोजना समेत गरेको छ । जसअन्तर्गत आधारभूत तह १ देखि ५ सम्म हिज्जे प्रतियोगिता, ६-८ सम्म हाजिरी जवाफ प्रतियोगिता र ९-१० का लागि वक्तृवकला प्रतियोगिता राखिएको छ । वडापालिकाले आयोजना गरेको बाल दिवस कार्यक्रम महेन्द्र माध्यमिक विद्यालय छिबाङ्ग चौतारामा अहिले चलिरहेको छ ।

६४ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण - प्रेस पालिका“बालमैत्री समाजको आधार : जिम्मेवार परिवार उत्तरदायी सरकार” भन्ने मूल नाराका साथ आज देशैभर बाल दिवस कार्यक्रम मनाईएको छ । रुकुम पश्चिमका ६ वटै पालिकाकाका विद्यालयले पनि विविध कार्यक्रमको आयोजना गरेर बाल दिवस २०७९ भब्य रुपमा मनाइरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News