अन्तर विद्यालय स्तरीय कार्यक्रम हुने
64x64
२०७९ भाद्र २८ मंगलबार प्रेसपालिका संवाददाता
249 Views

रुकुम पश्चिम २८, भदौ ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडानम्बर -३, को युवा जनजागरण बाल क्लबले बाल दिवसको अवसरमा विविध कार्यक्रम गर्ने भएको छ ।

युवा जनजागरण माध्यमिक विद्यालयको बाल क्लबले बाल दिवसको अवसरमा अन्तर बिद्यालय स्तरीय कार्यक्रम गर्ने भएको हो ।

बाल क्लबले “बाल मैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायित्व सरकार” भन्ने मुल नाराका साथ यहि भदौ २९ गते देखि ३१ गते सम्म विविध कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रममा मा. वि. स्तरीय छात्र भलिबल, लोक नृत्य, हाजिरिजवाफ, वक्ततृत्वकला, चम्चा रेस लगायत कर्यक्रम हुने भएका छन् । भलिबलमा प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार ५ सय र तृतीय हुनेले ५ हजार नगद पुरस्कार पाउने छन् ।

त्यस्तै लोक नृत्यमा प्रथम हुनेले १५ सय, दोस्रोले १२ सय ५० र तृतीयले १ हजार नगद पुरस्कार पाउने बाल क्लबको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News