भिम बहादुर बुढा
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ८ मा वडा कार्यालय निर्माणको काम सुरु भएको छ । वडामा निर्वाचित भय यता जनताका आवश्यकता सडक पानी विद्युत शिक्षा जस्ता बिकास निर्माणलाई प्राथामिकता दिएका जनप्रतिनिधिहरु कार्यकालको अन्तिम चरणमा वडा कार्यालय निर्माणमा अग्रसर भएका छन ।
मुसिकोट नगरपालिकाको ४० लाख बजेटबाट वडाको गर्पामा वडा कार्यालय निर्माण गर्न लागिएको हो । लामो समय देखि गर्पामा रहेको एक सरकारी भवनबाट वडाले सेवा प्रवाह गरिरहेको वडा अध्यक्ष बुद्धि प्रसाद बुढाले जानकारी दिनुभयो ।
