
प्रेसपालिका संवाददाता
रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ८ मा बिद्यार्थिहरुलाई शैक्षिक सामाग्रि बितरण गरिएको छ । आज ८ नम्बर वडा कार्यालयमा एक कार्यक्रम आयोजना गरि वडाका बिद्यार्थिहरुलाई शैक्षिक सामाग्रि बितरण गरिएको हो ।
वडामा रहेका ४ वटा आधारभुत बिद्यालयका ८० जना जेहेन्दार, गरिव तथा द्धन्दपिडित विद्यार्थिहरुलाई शैक्षिक सामाग्रि बितरण गरिएको वडा अध्यक्ष बुद्धिप्रशाद बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार बिद्यालयले छनोट गरि पठाएको विबरण अनुसार बिद्यार्थि छनोट गरि झोला, प्रतिव्यक्ति १५ वटाका दरले कापी र १० वटाका दरले कलम वितरण गरिएको बत्ताएको छ ।
वडाको एक लाख वजेटले शैक्षिक सामाग्रि खरिद गरि वितरण गरिएको हो ।अध्यक्ष बुढाले सबै बिद्यार्थिलाई शैक्षिक सामाग्रि बितरण गर्नुभएको हो । शैक्षिक सामाग्रि बितरण कार्यक्रममा अध्यक्ष बुढा, वडा सदस्यहरु, वडा सचिव, शिक्षक, बिद्यार्थि लगायतको उपस्थिति रहेको थियो ।।
