राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि कर्णाली प्रदेश स्तरीय छनोट सम्पन्न
64x64
२०८१ जेठ २२ मंगलबार प्रेसपालिका संवाददाता
116 Views

जेठ,२२ रुकुम पश्चिम

१५ वर्ष मुनिको राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि कर्णाली प्रदेश स्तरीय छनोट सम्पन्न भएको छ ।  यही जेठ ३०–३२ गतेसम्म पोखरामा हुने राष्ट्रीय ब्याडमिन्टन प्रतियोगिताका लाग खेलाडी छनोट कार्य सम्पन्न भएको हो ।

 

कर्णाली  प्रदेश बाट छात्र र छात्रा ४/४ जना गरी ८ जना खेलाडी छनोट भएका छन् । छनोट हुने ८ खेलाडीमध्ये रुकुम पश्चिमबाट मात्रै  चार जना खेलाडी छनोटमा परेका हुन । जिल्लाबाट छात्र र छात्रा तर्फ २/२ जना गरी ४ जना प्रदेश छनोटमा सहभागी भएकामा सबै चारै जना राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएको जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष अनिल बुढाले जानकारी दिनुभयो ।

 

उनीहरूमा छात्र तर्फ शिखर केसी र रोहित ओली तथा छात्रा तर्फ सुहाना बुढामगर र साहाना बुढामगर रहेका छन् । केसीले दैलेखका दीप सुजन्य थापालाई फाइनलमा पराजित गर्दै प्रथम भएर छनोट भएका हुन भने अन्य तेस्रो र चौथो स्थानमा रहेर छनोट भएको अध्यक्ष बुढाले बताउनुभयो । प्रतियोगिताका लागि छनोट हुने अन्यमा छात्र तर्फ दैलेखका हिमाल थापामगर र दीप सुजन्य थापा तथा छात्रा तर्फ सुर्खेतका सुनिता कँवर र एलिना शाही रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News