क्यानडाविरुद्धको ओडीआई सिरिज नेपाललाई
64x64
२०८० माघ २९ सोमबार प्रेसपालिका संवाददाता
182 Views

रुकुम पश्चिम २९, माघ ।

नेपालले क्यामडा विरुद्धको ओडीआई सिरिज क्लिनस्विप गरेको छ । ओपनर अनिल शाह र मध्यक्रमका ब्याटर भीम सार्कीले शतक बनाएपछि नेपालले तेस्रो खेल ९ विकेटले जित्दै क्यानडाविरुद्धको ओडीआई सिरिज क्लिनस्विप गरेको छ ।

 

 

सोमबार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले प्रस्तुत गरेको २ सय ३३ रनको लक्ष्य नेपालले ४५ औं ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको छ । अनिल र भीमको शतकीय इनिङसँगै कीर्तिमानी साझेदारीमा नेपालले सहज जित दर्ता गरेको हो । यसअघि पहिलो खेल ७ रन र दोस्रो खेल ४ विकेटले जितेको नेपालले ३-० ले सिरिज क्लिनस्विप गरेको हो ।

 

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३२ रन जोडेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News