रुकुम पश्चिम १८, माघ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -७, साँख गाउँमा संचालित वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । परम्परागत रुपमा लाग्दै आएको पापिनी मेलाको अवसरमा साबिक मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गतको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।
माघ ११ गते देखी सञ्चालित प्रतियोगितामा सानिभेरी गाउँपालिका वडानम्बर -७ प्रथम हुँदै एकलाख ११ हजार सहित मेडल र प्रमाण पत्र हात पारेको छ ।
त्यस्तै बाँफिकोट गाउपालिका वडानम्बर -४ दोस्रो हुँदै ७५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्दा, बाँफिकोट गाँउपालिका वडानम्बर -३ ले तेस्रा हुँदै ४१ हजार नगद सहित मेडल र प्रमाण पत्र पप्त गरेको छ ।
आयोजक हाम्रो सरोकार रुकम सात्वना हुँदै ३१ हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको हाम्रो सरोकार रुकुमका अध्यक्ष रिजन पाण्डेले जानकारी दिनुभयो ।
प्रतियोगिताका खेलाडिहरुलाई विभिन्न ईभेन्टमा पनि पुरस्किृत गरिएको छ । बेस्ट प्लेयर सानिभेरी गाँउपालिका खेलाडी गणेश बुढाथोकीले हात पार्न सफल भएका छन् । त्यस्तै बेस्ट सेटरमा सानिभेरीका कमल बिस्ट,बेस्ट कोचमा सानिभेरीका जीवन बोहोरालाई पुरस्कृत गरिएको छ ।
उदयमान खेलाडीमा बाफिकोटका ईश्वर परियार, बेस्ट डिफेण्डरमा सानीभेरीका मोनय बुढाथोकी, बेस्ट कुईकरमा सानीभेरीकै पाण्डप बुढाथोकी र बेस्ट स्पाईकरमा पनि सानीभेरीका पवण बुढाथोकी पुस्कृत भएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी र प्रशिक्षकले तीन/तीन हजार तथा वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट डिफेन्डर, वेस्ट क्विकर र उदयमान खेलाडीलाई नगद दुई/दुई हजारले पुरस्कृत गरिएको बताइएको छ ।
मेलामा आयोजित अन्य प्रतियोगिताका खेलाडीलाई पनि नगद सहित प्रमाण पत्र वितरण गरिएको आयोजकको भनाइ छ ।