आठबिसकोटमा सिस्ने ट्रेल रेस दौड प्रतियोगिता हुने
64x64
२०८० पुष १८ बुधबार प्रेसपालिका संवाददाता
341 Views

रुकुम पश्चिम १८, पुस ।

रुकुम पश्चिमको आठबिसकोटमा राष्ट्रिय स्तरको तेस्रो सिस्ने ट्रेल रेस दौड प्रतियोगिता हुने भएको छ । सिस्ने ट्रेल रेस र सिस्ने तेक्वान्दो डोजाङ्गको आयोजनामा आगामी माघ ४ गते खुला पुरुष तथा महिला ट्रेल रेस दौड प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा पुरुषतर्फ १७ र महिला तर्फ १२ किलोमिटर दौड राखिएको आयोजकले बताएको छ ।

पुरुषतर्फको लामो दूरीको ट्रेल रेस प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार २० हजार र १० हजार नगदसहित मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै दशौ स्थानसम्मलाई पनि २ हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक संस्थाका अध्यक्ष नरेश पुन मगरको भनाइ छ ।

महिलातर्फ भने लामो दूरीको ट्रेल रेस प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार १२ हजार र आठहजार नगदसहित मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै दशौ स्थानसम्मलाई एक हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

त्यस्तै ३५ वर्ष देखि ५० वर्ष उमेर समूहको तीन किलोमिटर  महिला/पुरुष दौड प्रतियोगिता पनि राखिएको बताइएको छ । यसतर्फ पाँच हजार पुरस्कार राखिएको छ ।

प्रतियोगितामा सहभागि हुन पुरुषतर्फको दर्ता शुल्क पाँचसय र महिलातर्फ तीन सय ५० लाग्ने भएको छ ।

ट्रेल रेस दौडको रुट वडानम्बर -११, को सिमबजारबाट सुरु भइ चिसापानी, नौलाकोट, धुर्सेनी हुँदै सोही स्थानमा पुग्नुपर्ने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News