त्रिवेणीमा क्रीकेट क्लब गठन
64x64
२०८० पुष १७ मंगलबार प्रेसपालिका संवाददाता
451 Views

रुकुम पश्चिम १७, पुस ।

त्रिवेणी गाउँपालिकामा मंगलबार क्रीकेट क्लब गठन गरिएको छ । वडानम्बर -६ को दहबाङमा बसेको भेलाले पन्ध्र सदस्यीय त्रिवेणी क्रीकेट क्लब गठन गरेको हो ।

नवगठित क्लबको अध्यक्षमा प्रेम प्रकाश मल्ल, उपाध्यक्षमा चन्द्रलाल डाँगी, सचिवमा कुवेर ओली, कोषाध्यक्षमा संगम केसी र सह-सचिवमा प्रशाद बोहरा चयन भएका छन् ।

त्यस्तै सदस्यमा रोशन बोहरा, चन्द्रप्रकाश रावल, नबिन खड्का, कमल ओली, दिपक केसी, बिकल्प ओली, शेखर बोहरा, विज्ञान बिसी, अशोक बिष्ट र प्रकाश बुढा चयन भएको नवगठित क्लबका अध्यक्ष मल्लले जानकारी दिएका छन् ।

यसैगरी क्लबको तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । जसको संयोजकमा गणेश कुमार केसी तथा सदस्यमा भद्र बहादुर सिर्पाली र प्रेम बहादुर घर्ती रहेका छन् ।

त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश कुमार केसीको अध्यक्षतामा गाउँपालिकामा रहेका स्थानीय युवा, खेलाडी तथा खेलप्रेमीको सहभागितामा सो क्लब गठन गरिएको बताएइको छ ।

शहर र भौतिक सुविधा भएको क्षेत्रमा मात्रै संञ्चालन हुँदै आएको क्रीकेटलाई ग्रामिण क्षेत्रमा पनि विस्तार गर्ने उदेश्यले क्लब स्थापना गरिएको क्लबका सचिव कुबेर ओलीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News