वडा स्तरीय भलिबलमा आठबिसकोट १४ लाई उपाधि
64x64
२०८० असोज १८ बिहिबार प्रेसपालिका संवाददाता
1218 Views

रुकुम पश्चिम -१८, असोज ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडानम्बर -८, दाजेमा आयोजित भलिबल प्रतियोगितामा आठबिसकोट नगरपालिका १४ ले उपाधि जितेको छ । २४ औं भाद्र पूर्णिमा मेलाको अवसरमा आयोजित खुला वडा स्तरीय भलिबल प्रतियोगितामा आठबिसकोट १४ ले उपाधि जितेको हो ।

उपाधिका लागि फाइनल खेलमा आठबिसकोट १४ ले आठबिसकोट ८ लाई ३-१ सेटमा पराजित गरेको बताइएको छ । उपाधि विजेता टिमले ५० हजार नगद पुरस्कार सहित मेडल, कप र प्रमाणपत्र प्राप्त गरेका छन् ।

बुधवार सम्पन्न भलिबल प्रतियोगितामा विभिन्न वडाका १५ टिमले सहभागिता जनाएका थिए । दाजे गाउँमा हरेक वर्षको भाद्र पूर्णिमा मेलाको अवसर पारेर विविध खेलकुदका गतिविधि सहितको कार्यक्रम संचालन हुने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News