खुला ब्याडमिन्टनमा नवराज र प्रकाशको जाेडी प्रथम
64x64
२०८० असोज १५ सोमबार प्रेसपालिका संवाददाता
441 Views

सत्य बटाला
रुकुम पश्चिम १५, असोज ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडानम्बर -८, मा  २४ औं भाद्र पूर्णिमा मेलाको  अवसरमा आयाेजित खुला ब्याडमिन्टन प्रतियोगितामा  नवराज मल्ल  र प्रकाश शाहीकाे जाेडी पहिलो भएकाे छ । वडाको दाजे खेल मैदानमा भएकाे फाइनल खेलमा सन्देश बिक र बिजय शाहीको  जाेडीलाई २-० काे सेटमा पराजित गर्दै नवराज र प्रकाशको  जाेडी पहिलो भएकाे हाे ।

रबि केसी र तिलक चन्द तथा बिजय बोहरा र नवीन बोहोराको जाेडी सान्त्वना भएको छ मेला आयोजक समितिले बताएको छ । भाद्र पूर्णिमा मेला मूल आयोजक समितिले आयोजना गरेकाे प्रतियाेगितामा पुरूष तर्फ १२ जाेडी को सहभागीता रहेको थियो ।

उक्त खेलमा खेलाडीलाई प्रथम पुरुस्कार २० हजार नगद, मेडल र कप तथा दोस्रो हुने टिमलाई १५ हजार नगद, मेडल र कप प्रदान गरिने मेला आयोजक समितिका अध्यक्ष मनोज चदाराले जानकारी दिनुभएको छ ।

मेलामा पुरुष र महिला भलिबल प्रतियोगिता आयोजना गरिएको छ । सो खेल जारी रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News