जनक‌-शुधन स्मृति रनिङ शिल्ड प्रतियोगिता हुने
64x64
२०८० भाद्र २९ शुक्रबार प्रेसपालिका संवाददाता
341 Views

रुकुम पश्चिम २९, भदौ ।
रुकुम पश्चिमको बराहटाकुरामा‌ असोज‌ २० गते‌ देखि  २५ गते‌ सम्म जनक‌-शुधन स्मृति रनिङ शिल्ड कप प्रतियोगिता हुने भएको‌ छ । पूर्व खेलाडी स्वर्गीय‌ जनक‌ शाह र शुधन श्रेष्ठको सम्झनामा पुरुष-महिला शुद्ध वडा स्तरीय खुला भलिबल प्रतियोगिता हुन लागेको हो ।

रुकुम‌ पश्चिम भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा पहिलो संस्करणको प्रतियोगिता असोज‌ २० देखि २५ गते सम्म संचालन हुने रुकुम‌ पश्चिम भलिवल प्रशिक्षण ‌केन्द्रका‌ अध्यक्ष तेज‌ बुढाको भनाइ छ ।

प्रतियोगितामा जुनसुकै जिल्ला‌का खेलाडीहरु सहभागी हुन पाउने बुढाले जानकारी दिनुभएको छ । तर शुद्ध वडा स्तरीय हुनुपर्ने छ ।

प्रतियोगिताको उपाधि बिजेता पुरुष टिमले‌ १ लाख ५१ हजार नगद, रनिङ शिल्ड र कप, दोस्रो हुनेले १ लाख १ हजार नगद सहित कप तथा तेस्रो हुनेले ५१ हजार नगद र कप प्राप्त गर्नेछन् ।

त्यस्तै महिलातर्फ बिजेता‌ टिमले ५१ हजार नगद रनिङ शिल्ड र कप तथा उपबिजेताले ३१ हजार नगद प्राप्त गर्ने बताइएको छ ।

प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर र उत्कृष्ट ब्लकरलाई समेत पुरस्कारको व्यवस्था गरिएको केन्द्रका अध्यक्ष बुढाले‌ जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News