रुकुम पूर्वमा ब्याडमिन्टन प्रतियोगिता
64x64
२०८० भाद्र २१ बिहिबार प्रेसपालिका संवाददाता
166 Views

निराजन सिर्पाली
रुकुम पूर्व २१, भदौ ।
रुकुम पूर्वमा निजामती सेवा दिवसको अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । जसअन्तर्गत सिनियर पुरूष तर्फको डबल ब्याडमिन्टनमा छविलाल घर्ती मगर र प्रकाश बुढा मगर तथा महिला तर्फ हिरा मल्ल र  सपना विककाे जोडी विजेता भएको छ ।

पुरुष तर्फ जितेन्द्र घर्ती मगर र लक्ष्मण विकको जोडी उप विजेता हुँदा जिल्ला प्रहरी कार्यालयबाट सन्तोष बुढा र विजय विसी तथा भुपेन्द्र वली र दिपक बुढाको जोडी सान्त्वना भएको छ ।

त्यस्तै पुरुष जुनियर तर्फ प्रेम प्रसाद भट्टराई र सन्जीव खड्का भुमेकाे टिम विजेता बनेको छ ।  उपविजेता भने सुशील केसी र सन्दीप घर्तीकाे टिम बनेको हाे । साथै सान्त्वना तर्फ गणेश पुन र नविन बिष्ट त्यस्तै हरी खतिवडा र गणेश थारू हुनुभएको छ ।

महिला तर्फमा हिरा मल्ल र सपना बुढाको जोडी विजेता हुँदा संग कुमारी चौधरी र ममता घर्ती मगरको जोडि उपविजेता भएको छ । उक्त प्रतियोगितामा बेलमती घर्ती  र समिक्षा घर्ती मगर तथा अस्मिता ओली र मन्दिरा डाँगीको जोडी सान्त्वना भएको कर्मचारी मिलन केन्द्र रुकुम पूर्वले जानकारी दिएको छ ।

निजामती कर्मचारी दिवसको अवसरमा सिस्ने गाउँपालिका -५, मा रहेको दाहाल कबर्ड हलमा सम्पन्न प्रतियोगितामा सिनियर पुरुष तर्फ ८ जाेडी, जुनियर पुरुष तर्फ १५ जाेडी र महिला तर्फ ४ जोडीले सहभागिता जनाएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News