निजामती सेवा दिवस : ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
64x64
२०८० भाद्र २१ बिहिबार प्रेसपालिका संवाददाता
337 Views

रुकुम पश्चिम २१, भदौ ।
रुकुम पश्चिममा निजामती सेवा दिवसको अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत पुरूष तर्फ इश्वर रावल र डेविड रावल तथा महिला तर्फ डिला पुन र डिलमाया बोहोराको जोडी विजेता  भएको छ । पुरुष तर्फ होमबहादुर नेपाली र लक्ष्मण विकको जोडी उप विजेता हुँदा केहलविक्रम जिसी र प्रवेश परियार तथा जीवन बोहरा र रमेश पुनको जोडी सान्त्वना भएको छ ।

त्यस्तै महिला तर्फ डिला पुन र डिलमाया बोहोराको जोडी विजेता हुँदा निर्मला मल्ल र चाँदनी महताराको जोडि उपविजेता भएको छ । प्रतियोगितामा यमा केसी र कोपिला गुरुङ्ग तथा सुशीला शाह र खीमा खड्काको जोडी सान्त्वना भएको छ ।

निजामती कर्मचारी दिवसको अवसरमा खलंगाको बराहटाकुरा कबर्ड हलमा सम्पन्न प्रतियोगितामा पुरुष तर्फ १६ र महिला तर्फ ५ जोडीले सहभागिता जनाएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News