एसिया कपका लागि नेपालको टोली घोषणा
64x64
२०८० श्रावन २९ सोमबार प्रेसपालिका संवाददाता
202 Views

रुकुम पश्चिम २९, साउन ।

आगामी साउन १३ देखि सुरु हुने एसिया कपका लागि १७ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ । पाकिस्तान र श्रीलंकामा हुने एसिया कपका लागि रोहित पौडेलको कप्तानीमा आज मात्रै १७ सदस्यीय अन्तिम खेलाडीको टुङ्गो लगाइएको हो ।

नेपालले घोषणा गरेको अन्तिम टोलीमा श्याम ढकाल, सन्दीप जोरा र किशोर महतोलाई मौका दिइएको छ । एसिया कप अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । समूह ए मा भारत, पाकिस्तान र नेपाल छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

नेपालले पहिलो खेल ३० अगष्टमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको कान्डीमा भारतसँग खेल्नेछ । नेपाल शीर्ष दुईमा पर्न सके सुपर फोरमा पुग्नेछ । नेपालले पहिलो पटक एसिया कप खेल्दैछ ।

नेपालको एसिया कप खेल्ने टोली :

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र मौसम ढकाल ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News