क्रीकेट संघ रुकुम पश्चिमको अध्यक्षमा बाँठा मगर
64x64
२०८० श्रावन २७ शनिबार प्रेसपालिका संवाददाता
268 Views

रुकुम पश्चिम २७, साउन ।
क्रीकेट संघ रुकुम पश्चिमको अध्यक्षमा दिपक बाँठा मगर चयन भएका छन् । शनिबार मुसिकोटमा सम्पन्न जिल्ला तदर्थ समितिको प्रथम साधारण सभा एवं जिल्ला अधिवेशनबाट बाँठा अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।

संघको उपाध्यक्षमा गाेपाल लामिछाने, सचिवमा मनिष खड्का र काेषाध्यक्षमा नरबहादुर ओली निर्वाचित भएको बताइएको छ ।

त्यस्तै कुलप्रसाद ओली, नवराज बाँठा मगर, अनिशेष केसी, तारा प्रसाद गिरी र बालकुमार नकाल सदस्यमा निर्वाचित भएका छन् ।

नेपाल क्रीकेट संघ (क्यान) को आगामी असोज ५ र ६ गते केन्द्रीय अधिवेशन हुने मिति तय भैसकेको छ । सोही अनुसार साउन मसान्त भित्र जिल्ला र भदौ २० गतेभित्र प्रदेशको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News