रुकुम पश्चिममा `बिच भलिबल´ प्रतियोगिता हुने
64x64
२०८० असार ११ सोमबार प्रेसपालिका संवाददाता
742 Views

रुकुम पश्चिम ११, असार ।
रुकुम पश्चिमको मुसिकोटमा खुला पुरुष बिच भलिबल प्रतियोगिता हुने भएको छ । वडानम्बर -४, को शितल पोखरीमा असार २० देखि २३ गतेसम्म बिच भलिबल प्रतियोगिता गर्न लागिएको हो ।

पश्चिम रुकुम बिच भलिबलका अनुसार प्रतियोगितामा प्रथम हुनेले २० हजार नगद, कप, मेडल र प्रमाणपत्र पाउने भएको छ । दोस्रो हुनेले १० हजार नगद, कप, मेडल र प्रमाणपत्र तथा प्रतियोगितामा तेस्रो हुनेले ५ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै वेस्ट डिफेन्डर र वेस्ट फिन्डिङले समान २/२ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागी हुने टिमले असार १९ गते बेलुकी ५ बजे सम्म टिम दर्ता गर्नुपर्ने छ । दर्ता शुल्क दुई हजार रहेको आयोजकले बताएको छ ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना गरिने प्रतियोगितामा राष्ट्रिय खेलाडीले भाग लिन नपाउने आयोजक टिमका संयोजक गोपाल मगरको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |