एकदिवसीय विश्वकप छनोट : जिम्बावे र नेपाल खेल्दै
64x64
२०८० असार ०३ आइतबार प्रेसपालिका संवाददाता
237 Views

रुकुम पश्चिम ३, असार ।

नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा आज घरेलु टोली जिम्बावेसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ मा जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

नेपालले पहिलो पटक टेस्ट टोलीसँग ओडिआई खेल  खेल्न लागेको छ । ओडिआई विश्व वरियतामा नेपाल १५ औं र जिम्बावे ११ औं स्थानमा छन् ।

आजदेखि सुरु हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । नेपाल समूह ए मा रहेको छ । प्रतियोगिताका शिर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् ।

समूह ए : नेपाल, जिम्बावे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका

समूह बी : श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड, ओमान र युएई

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News