एसीसी महिला इमर्जिङ :नेपाल र हङकङ खेल्दै
64x64
२०८० असार ०२ शनिबार प्रेसपालिका संवाददाता
424 Views

रुकुम पश्चिम २, असार ।

एसीसी महिला इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा आज नेपालले हङकङसंग खेल्दैछ । खेल नेपाली समय अनुसार विहान पौने ७ बजे सुरु हुने भनिए पनि वर्षाका कारण ढिलाइ भएको छ ।

सेमिफाइनलको यात्राको सम्भावना जिवित राख्न आज नेपालका लागि यो खेल ठूलो अन्तरले जित्नु पर्ने दबाब छ ।

नेपाल र हङकङबीच तीन डब्लूटि–२० आई खेल भएका छन् । नेपाल एक खेलमा मात्रै विजयी भएको छ । गतवर्ष जुनमा एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको थियो । पछिल्ला दुबै खेलमा नेपाल हङकङसँग पराजित हुन पुगेको थियो ।

नेपाल २ खेलमा १ मा हार १ खेलमा अंक बाँड्दै तेस्रो स्थानमा छ । भारत र पाकिस्तान भने समान दुई खेलमा एकमा जित र एक खेलमा अंक बाँड्दै ३–३ अंकका साथ शीर्ष र दोस्रो स्थानमा छन् ।

हङकङ भने २ खेलमा एक खेलमा हार र एक खेलमा अंक बाँड्दै १ अंकका साथ पुछारमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News