विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा
64x64
२०८० जेठ १४ आइतबार प्रेसपालिका संवाददाता
983 Views
रुकुम पश्चिम १४, जेठ ।
आगामी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप एकदिवसीय छनोट खेल्ने १६ सदस्यीय  नेपाली टोली घोषणा भएको छ । रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा अर्जुन साउद र किशोर महतोले पूनरागमन गरेका छन् ।

नेपालले एसिसी प्रिमियर कपमा रहेका १४ खेलाडीलाई नै निरन्तरता दिएको छ ।

जसअन्तर्गत दुई जना खेलाडीलाई थप्दै अन्तिम टिमको टुंगो लगाएको छ ।

नेपाल क्रिकेट संघ(क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकले दक्षिण अफ्रिका र जिम्बावे भ्रमण लामो भएकाले यदि कुनै खेलाडी घाइते भएमा ब्याक अपको रुपमा एक खेलाडी बढी लगिएको बताएका छन् ।

प्रतियोगिता असार ३ देखि २४ (जुन १८ देखि जुलाई ९) सम्म जिम्बावेमा हुनेछ ।

नेपालले पहिलो खेल असार ३ मा (जुन १८) मा जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ । नेपालले त्यसको एक दिनपछि असार ५ (जुन २०) मा अमेरिकासँग खेल्नेछ । नेपालले असार ७ (जुन २२) मा वेस्टइन्डिजसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल असार ९ (जुन २४) मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

विश्वकप छनोटका शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |