रुकुम कप भलिबल प्रतियोगितामा १७ लाख खर्च
64x64
२०८० बैसाख २८ बिहिबार प्रेसपालिका संवाददाता
1433 Views

रुकुम पश्चिम २८, बैशाख ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१, बराहटाकुरामा आयोजित सर्वाधिक पुरस्कार राशिको रुकुम कप भलिबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ । बैशाख १९ गते बाट सुरु भएर २४ गते सम्पन्न भएको भलिबल प्रतियोगिताको आज आयव्यय सार्वजनिक गरिएको हो ।

रुकुम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाका अनुसार प्रतियोगितामा १७ लाख ७८ हजार खर्च भएको छ । जसमध्ये आयोजकलाई १० लाख ८६ हजार ७ सय १० रुपैयाँ घाटा भएको छ । प्रतियोगितामा टिकट र सहयोगबाट भने ६ लाख ९१ हजार २ सय ९० मात्रै आम्दानी भएको बताइएको छ ।

त्यस्तै १ लाख रकम उठाउन बाँकी रहेकाले ९ लाख ८६ हजार ७ सय १० खुद रकम घाटामा रहेको अध्यक्ष बुढाले जानकारी दिनुभएको छ । प्रतियोगितामा ७ लाख ६२ हजार ५ सय रुपैयाँ पुरस्कारमा मात्रै खर्च भएको छ । अन्य रकम प्रतियोगिता व्यवस्थापनमा खर्च भएको बताइएको छ ।

१० टिमले सहभागीता जनाएको प्रतियोगितामा रुकुम पश्चिमले विभागीय टिम एपीएफलाई ३-२ को सेटले पराजित गर्दै उपाधि जितेको थियो ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Indrajit Rana Technical 2
Indrajit Rana Technical 2
6 months ago

Indrajit Rana

Flash News