
रुकुम पश्चिम २४, बैशाख ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१, बराहटाकुरामा आयोजित सर्वाधिक पुरस्कार राशिको रुकुम कप भलिबल प्रतियोगिताको उपाधि रुकुम पश्चिमले जितेको छ । आज सम्पन्न भएको फाइनल खेलमा विभागीय टिम एपीएफलाई ३-२ ले हराउँदै रुकुम पश्चिमले उपाधि जितेको हो ।
उपाधि जिते सङ्गै रुकुम पश्चिमले ५ लाख नगद पुरस्कार प्राप्त गरेको आयोजकले बताएको छ । उपविजेता एपीएफले २ लाख ५० हजारमा चित्त बुझाएको छ । त्यस्तै प्रतियोगितामा सेमिफाइनल सम्म पुगेका सुर्खेत र सल्यानले सान्त्वना पुरस्कार पाएका छन् । सान्त्वना दुई टिमले १/१ लाख नगद रुपैयाँ प्राप्त गरेका छन् ।
विजेता र उपविजेता टिमले नगद पुरस्कार सङ्गै ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
रुकुम भलिबल प्रशिक्षण केन्द्र रुकुम पश्चिमको आयोजनामा रुकुम कप भलिबल प्रतियोगिता बैशाख १९ गतेबाट सुरु भएको हो । प्रतियोगितामा १० टिमले सहभागिता जनाएका थिए ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी/कोच
कोच – धनमाया बोहोरा ( रुकुम पश्चिम)
वेस्ट सेटर – मिलन राना (एपीएफ)
डिफेन्डर – लक्ष्मण शाही (रुकुम पश्चिम)
बल्कर – बिक्रम भुजेल (एपीएफ)
ईमर्जिङ प्लेयर – पहल गहतराज (रुकुम पश्चिम)
सर्भिसर – नवीन ओली (रुकुम पश्चिम)
ईस्पाईकर – भोज बहादुर बिसी (एपीएफ)
क्विकर – हस्त रावत (रुकुम पश्चिम)
प्लेयर – असिम राना (एपीएफ)
