रुकुम पश्चिम २३, बैशाख ।
रुकुम कप भलिवल प्रतियोगिताको अन्तिम दिन आइतबार हिलालय लोक स्टार सिजन २ का विजेता बलराम विश्वकर्माको प्रस्तुति रहने भएको छ । लोकस्टारको उपाधि चुमेसङ्गै पहिलोपटक गृह जिल्ला रुकुम आएका बलरामले प्रतियोगिताको अन्तिम दिन सांगीतिक प्रस्तुति राख्ने भएका हुन् ।
सांगीतिक प्रस्तुतिका लागि विश्वकर्मा आज मात्रै रुकुम पश्चिम आइपुगेका र भोलि उनको प्रस्तुति रहने आयोजक रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्रले जनाएको छ ।
लोकस्टार विजेता बलरामलाई सल्ले विमानस्थलमा उनको घरपरिवार, आफन्त लगायत शुभ चिन्तकले खादाले स्वागत गरेका छन् । स्वागत गर्न पुगेका आफन्त र शुभचिन्तकलाई हिमालय लोक स्टारमा विजय बनाउन आम रुकुमेलीले ठूलो सहयोग गरेको भन्दै उनले धन्यवाद समेत व्यक्त गरेका छन् ।
वैशाख १९ गते देखि सञ्चालन भएको रुकुम कप भलिवल प्रतियोगिताको अन्तिम दिन रुकुम पश्चिम र एपीएफ बीच उपाधि भिडन्त हुने भएको छ । विजेता टिमले पाँच लाख नगद पुरस्कार पाउने छ । उपविजेता हुनेले दुई लाख ५० हजार प्राप्त गर्ने आयोजकले बताएको छ ।