रुकुम कप भलिबल प्रतियोगितमा पिएन साइला आउने
64x64
२०८० बैसाख २० बुधबार प्रेसपालिका संवाददाता
1889 Views

रुकुम पश्चिम २०, बैशाख ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१, बराहाटाकुरामा संचालित सर्वाधिक पुरस्कार राशिको रुकुम कप भलिबल प्रतियोगितामा पिएन साइला आउने भएका छन् । हिमालय लोकस्टार सिजन -२ का उपविजेता साइला बैशाख २१ गते मुसिकोट आउन लागेका हुन् ।

आयोजक रुकुम भलिबल प्रशिक्षण केन्द्र रुकुम पश्चिमकका अनुसार भलिबल प्रतियोगितामा गायक पिएन साईलाले बेजोड प्रस्तुति राख्ने भएका छन् । त्यस्तै स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने छ ।

प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको छ ।  वैशाख २४ गते सम्म संचालन हुने प्रतियोगितामा  विजेता हुने टिमले नगद ५ लाख रुपैंया पाउने छ ।

उप विजेताले २ लाख ५० हजार पाउँदा सेमिफाइनलमा पुग्ने दुई टिमले समान १/१ लाख नगद पुरस्कार पाउने छन् । त्यस्तै वेष्ट प्लेयरलाई १० हजार र अन्यलाई ५/५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिता हेर्नका लागि १ सय रुपैयाँ शुल्क लाग्ने रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष  तेज बिएमले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News