सर्वाधिक पुरस्कार राशिको “रुकुम कप” भलिबल सुरु
64x64
२०८० बैसाख १९ मंगलबार प्रेसपालिका संवाददाता
1017 Views

रुकुम पश्चिम १९, बैशाख ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१, बराहटाकुरामा आजदेखि सर्वाधिक पुरस्कार राशिको रुकुम कप भलिबल सुरु भएको छ । रुकुम भलिबल प्रशिक्षण केन्द्र रुकुम पश्चिमको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको आज मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ । प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको छ । विभागीय टिम  सशस्त्र प्रहरी (एपिएफ), सर्खेत, सल्यान, रोल्पा, प्युठान र रुकुम पश्चिम रहेका छन् । प्रतियोगितामा रुकुम पश्चिमका मात्रै ६ वटा टिम रहेको आयोजकको भनाई छ ।

वैशाख २४ गतेसम्म संचालन हुने प्रतियोगितामा  विजेता हुने टिमले नगद ५ लाख रुपैंया पाउने छ । उपविजेताले २ लाख ५० हजार पाउँदा सेमिफाइनलमा पुग्ने दुई टिमले समान १/१ लाख नगद पुरस्कार पाउने छन् । त्यस्तै वेष्ट प्लेयरलाई १० हजार र अन्यलाई ५/५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिता हेर्नका लागि १ सय रुपैयाँ शुल्क लाग्ने रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजबिक्रम बि.एम.ले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |