युएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपमा छनोट
64x64
२०८० बैसाख १९ मंगलबार प्रेसपालिका संवाददाता
88 Views

रुकुम पश्चिम १९, बैशाख ।

नेपालले एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै एसिया कपमा छनोट भएको छ । आजको जीत सङ्गै नेपालले एसिया कपमा भारत र पाकिस्तान सँगको भेट पक्का गरेको हो । नेपालले सन् २००२ पछि पहिलो पटक एसिया कपमा स्थान बनाएको छ ।

जितको लागि १ सय १८ रनको सामान्य विजयी लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालको जितमा गुलशन झा ८३ बलमा ३ चौका र ६ छक्कासहित ६७ रनमा अविजित रहे । भीम सार्की ७२ बलमा ४ चौकासहित ३६ रनमा क्रिजमा रहे । चौथो विकेटका लागि गुलशन झा र भीम सार्कीले ९६ रनको अविजित साझेदारी गरेका हुन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३३.१ ओभरमा १ सय १७ रनमा अल आउट भएको थियो । सोमबार वर्षाको कारण २७.३ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ रन बनाएको अवस्थामा खेल रोकिँदा मंगलबार ११ रन जोड्दै युएई १ सय १७ रनमा अल भएको हो ।

सोमबार नै नेपालले युएईको इनिङ ध्वस्त पारेको थियो । तर वर्षा नेपालको खेलमा बाधक बनेको थियो ।

एसिया कप आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । समूह ए मा भारत, नेपाल र पाकिस्तान हुनेछन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News