नेपालले आज कुवेतको सामना गर्दै
64x64
२०८० बैसाख १६ शनिबार प्रेसपालिका संवाददाता
173 Views

रुकुम पश्चिम १६, बैशाख ।
एसिसी मेन्स प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा आज नेपालले कुवेतको सामना गर्दै छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहान ९ बजे देखि सुरु हुने प्रतियोगितामा समूह ‘ए’ को विजेता नेपाल र समूह ‘बी’ को उपविजेता कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल समूह चरणको अन्तिम खेलमा कतारलाई ६८ रनले पराजित गर्दै समूह ‘ए’ को शीर्ष स्थानमा रही सेमिफाइनलमा पुगेको छ ।

समूह ‘बी’ मा रहेको कुवेतले समूह चरणको अन्तिम खेलमा हङकङलाई ३० रनले पराजित गर्दै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।

नेपाल र कुवेत तथा ओमान र युएईबीचको विजेता टोलीले फाइनल खेल्नेछन् । पराजित दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

फाइनल खेल यही वैशाख १८ गते हुनेछ । तेस्रो स्थानको खेल आइतबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News