रुकुम पश्चिम ८, बैशाख ।
नेपालले एसिसी प्रिमियर कपमा ओमानलाई ८४ रनले जितेको छ । जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २ सय २६ रनमा अल आउट भयो ।
ओमनका अकिब इलियास घाइते भएर रिटायर्ट आउट भए ।अकिब ओमानका प्रमुख ब्याटर हुन् । उनले तेस्रो नम्बरमा ब्याटिङ गर्ने गर्दछन् । तर
चोटका कारण उनी सुरुवात देखि नै ब्याटिङमा आएका थिएनन् । पछि क्रिजमा नआई उनी रिटायर्ट आउट भएपछि नेपाल विजयी भएको थियो ।
लगातार दोस्रो जितसँगै नेपाल अब सेमिफाइन देखि एक कदम टाढा रहेको छ ।