नेपालले ओमनलाई दियो ३ सय ११ रनको विशाल लक्ष्य
64x64
२०८० बैसाख ०८ शुक्रबार प्रेसपालिका संवाददाता
143 Views

रुकुम पश्चिम ८, बैशाख ।

नेपालले एसिसी प्रिमियर कपमा ओमानलाई ३ सय ११ रनको विशाल लक्ष्य दिएको छ । घरेलु मैदान टियुमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १० रन बनाएको छ ।

यो नेपालले ओडिआईमा बनाएको हालसम्मकै उच्च योगफल हो । यसअघि नेपालले ओडिआईमा उच्च योगफल अघिल्लो महिना आइसिसी विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध टियु मैदानमा २ सय ९७ रन बनाएको थियो । नेपालका कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्कासहित १ सय ८ रनको विष्फोटक शतकीय इनिङ खेले ।

उनी नेपालबाट ओडिआईमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् । कुशलले कप्तान रोहित पौडेलको कीर्तिमान तोडेका हुन् ।

त्यस्तै सोमपाल कामीले ३९ बलमा आफ्नो ओडिआई करिअरको दोस्रो अर्धशतक पूरा गरे । सोमपाल कामी ४८ बलमा ९ चौकासहित ६३ रनमा नटआउट रहे । सोमपालको यो अन्तर्राष्ट्रियमा खेलमा उच्च प्रदर्शन हो । यसअघि सोमपालले २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ६१ रन बनाएका थिए । करण केसी १५ बलमा २ चौका र १ छक्कासहित २९ रनमा २९ रनमा नटआउट रहे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News