विविध खेलकुद प्रतियोगिता संचालन हुने
64x64
२०८० बैसाख ०२ शनिबार प्रेसपालिका संवाददाता
270 Views

रुकुम पश्चिम २, चैत ।
रुकुम पूर्वको भुमे गाउँपालिका वडानम्बर -९, मा विविध खेलकुद प्रतियोगिता संचालन हुने भएको छ । सुन्दर समाज स्पोेर्टस युवा क्लवको १५औं वार्षिक उत्सवको अबसरमा सुन्दर सामाज स्पोर्टस युवा क्लवको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

यही बैशाख १० गते देखि चुन्वाङको गैरीगाउँ  खेलमैदानमा शुद्ध वडा स्तरीय खुला पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता संचालन हुन लागेको सुन्दर समाज सपोर्टस युवा क्लबका सचिव  विकाश बुढा मगरले जानकारी दिनुभयो ।

त्यस्तै भाले तान्ने, घैंटोफोर, एकल नृत्य र पैँसेरु नाच  लगायतका प्रतियोगिताहरु पनि संचालन हुने छन् । पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने समूहले नगद ५० हजार ट्रफी र मेडल सहित प्रमाण पत्र पाउँदा दोस्रो हुनेले ३० हजार ट्रफी र मेडल सहित प्रमाण पत्र र तेस्रो हुनेले २० हजार ट्रफी मेडल सहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।

त्यस्तै महिला भलिबलमा प्रथम हुने समूहले ५० हजार ट्रफी र मेडल सहित प्रमाण पत्र पाउनेछन् ।दोस्रो हुने समूहले ३० हजार ट्रफी र मेडल सहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।

त्यस्तै तेस्रो हुने समूहले २०हजार ट्रफी र मेडल सहित प्रमाण पत्र प्राप्त गर्नेछन् । अन्य प्रतियोगिताका बिजेतालाई पनि पुरस्कारको व्यवस्था गरिएको सुन्दर समाज स्पोर्टस युवा  क्लबका सचिव बुढाले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News