वडास्तरीय पुरुष भलिबल सम्पन्न
64x64
२०८० बैसाख ०२ शनिबार प्रेसपालिका संवाददाता
586 Views

रुकुम पश्चिम २, बैशाख ।
रुकुम पश्चिम मुसिकोट नगरपालिका वडानम्बर -८, मा आयोजित भलिबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम  सम्पन्न भएको छ । तीन बहिनी युवा क्लवले आयोजना गरेको खुला शुद्ध साबिकको वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको हो।

रुकुम पूर्व र रुकुम पश्चिमका विभिन्न वडाका टिमले प्रतिस्पर्धा गरेको भलिबल प्रतियोगितामा भुमे गाउँपालिका -९, को युवा मिलन समूह चुन्वाङ प्रथम  भएको छ । प्रथम भएको चुन्वाङले नगद ३० हजार कप मेडल सहित प्रमाण पत्र प्राप्त गरेको छ ।

त्यस्तै दोस्रो स्थानमा चित्त बुझाएको सिस्ने गाउँपालिका -६, खोपिचारले नगद २० हजार मेडल सहित प्रमाण पत्र हात पार्दा मुसिकोट नगरपालिका -९, चौखावाङले तेस्रो हुँदै नगद १० हजार मेडल सहित प्रमाण पत्र प्राप्त गरेको छ ।

महिला तर्फ भने त्रिबेणी युवा क्लव भुमे गाउँपालिका -२, काँक्री रुकुम पुर्वले प्रथम हुँदै नगद १५ हजार कप मेडल सहित प्रमाण पत्र प्राप्त गरेको छ । भुमे गाउँपालिका -८, कुचिवाङले दोस्रो हुँदै  नगद १० हजार मेडल र प्रमाण पत्र हात पार्दा सिस्ने गाउँपालिका -६, खोपिचारले तेस्रो हुँदै नगद ७ हजार मेडल सहित प्रमाण पत्र प्राप्त गरेको  छ ।

प्रतियोगितामा पुरुष तर्फ २० समूह र महिला तर्फ ७ समुह बीच प्रतिस्पर्धा भएको थियो ।

त्यस्तै भाले रेस घैंटोफोर एकल नृत्य कुर्सी रेस रस्साकस्सी प्रतियोगिता पनि सञ्चालन भएको  खेल संयोजक संघर्ष पुनले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News