मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कर्मचारी विजयी
64x64
२०७९ चैत्र २९ बुधबार प्रेसपालिका संवाददाता
187 Views

रुकुम पश्चिम २९, चैत ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -४, बोहरागाउँमा आज सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा निजामती कर्मचारीको टिम विजयी भएको छ । जिल्ला स्थित पत्रकार र कर्मचारी बीच भएको प्रतियोगितामा ५-१ ले कर्मचारीको टिम विजयी भएको हो ।

खेल सुरु भएको केही मिनेटमा १ गोल गर्दै अग्रता कायम गरेको कर्मचारी विरुद्ध लगत्तै पत्रकारको टिमले पनि १ गोल फर्काएको थियो । तर त्यसपछि पत्रकारको टिमले निर्धारित समयमा अन्य गोल गर्न नसक्दा कर्माचारीको टिमले थप ४ गोल गरेको हो । प्रतियोगिताको अवधिभर कर्मचारीको टिम हावी बन्दा पत्रकारको टिम निरीह बन्नुपर्यो ।

खेल पश्चात विजेता कर्मचारी र उप विजेता पत्रकारको टिमलाई पत्रकार महासंघ रुकुम पश्चिम शाखाका अध्यक्ष लक्ष्मण केसीले खादा र टीका लगाएर सम्मान गर्नुभयो । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको वर्तमान कार्य समिति निर्वाचित भएर दुई वर्ष पुगेको उपलक्ष्यमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष केसीको भनाइ छ ।

प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News