रुकुम पश्चिम २, चैत ।
युएईलाई पराजित गर्दै नेपाल विश्वकप लिग २ को छनोट चरणमा प्रवेश गरेको छ । आज युएईलाई पराजित गर्दै नेपाल शीर्ष ३ मा रहेर सोझै विश्वकप छनोटमा पुगेको हो।
डकवर्थ लुइस मेथडको आधारमा नेपाल विजयी भएको हो। युएईले नेपाललाई ३ सय ११ रनको लक्ष्य दिएको थियो । तर भिजिबिलिटी कम भएपछि एम्पायरले नेपाललाई डिएलएसका आधारमा विजयी घोषित गरेका हुन्।
नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २६९ रन बनाउँदा अम्पायरले खेल रोकेर डिएलएसको आधारमा नेपाललाई विजेता घोषणा गरेका थिए। डिएलएसका आधारमा नेपाल ९ रनले विजयी भएको छ ।
