जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न
64x64
२०७९ फाल्गुण १४ आइतबार प्रेसपालिका संवाददाता
229 Views

रुकुम पश्चिम १४, फागुन ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा  संचालित १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भएको छ । चौरजहारी नगरपालिका वडानम्बर २ को शितल माविमा १२ गते सुरु भएको शिल्ड आज सम्पन्न भएको हो ।
४ स्थानिय तहले प्रतिस्पर्धा गरेको शिल्डमा  १४  स्वर्ण सहित आठबीसकोट  नगरपालिकाले शिल्ड जितेको छ ।
त्यस्तै १३ स्वर्ण सहित चौरजहारी नगरपालिका दोस्रो भएको छ । २  स्वर्ण सहित  बाँफिकोट गाउँपालिका तेस्रो भएको र सानीभेरी गाउँपालिका चौथो भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव लिलाप्रसाद ढकालले जानकारी दिनुभयो ।

शिल्डमा ४ वटा स्थानीय तहका करिब २ सय विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News