राष्ट्रपति रनिङ शिल्ड सुरु
64x64
२०७९ फाल्गुण १२ शुक्रबार प्रेसपालिका संवाददाता
142 Views

रुकुम पश्चिम १२, फागुन ।
रुकुम पश्चिममा जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । जिल्लाको चौरजहारी नगरपालिका -२, स्थित शितल माविको खेल मैदानमा शुक्रबारदेखि  प्रतियोगिता सुरु भएको हो ।

जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमको आयोजना रहेको रनिङ शिल्डको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री कृष्णबहादुर जिसीले ऊद्घाटन गर्नुभयएको छ ।

६ पालिका रहेको रुकुम पश्चिममा रुकुम जिल्लाका ४ वटा पालिकाले मात्र प्रतियोगितामा सहभागिता जनाएको जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमका  कार्यालय सचिव लिलाप्रशाद ढकालले जानकारी दिनुभयो ।

प्रतियोगितामा  एथलेटिक्स तर्फ दौड, भलिवल लगायतका २४ वटा विधामा खेल सञ्चालन हुने  कार्यालय सचिव ढकालको भनाइ छ ।

उक्त प्रतियोगिताबाट क्षेत्रीय प्रतियोगिताको लागि खेलाडी छनोट गरिने बताईएको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री कृष्ण जिसीको प्रमुख आतिथ्यता रहेको ऊद्घाटन कार्यक्रममा खेलकुद विकास समिति आठबिसकोटका अध्यक्ष सन्देश विकले कार्यक्रमको संचालन गर्नुभएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News