बाँफिकोटमा राष्ट्रपति रनिङ शिल्ड सुरु
64x64
२०७९ फाल्गुण ०८ सोमबार प्रेसपालिका संवाददाता
191 Views

रुकुम पश्चिम ८, फागुन ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा पालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड आज देखी सुरु भएको छ । गाउँपालिकाका १० वटा माध्यामिक बिद्यालयको उपस्थिति रहेको शिल्ड गाउँपालिकाको वडानम्बर -५, स्यार्पुमा सुरु भएको हो ।

शिल्डमा छात्र, छात्रा भलिवल, कवड्डि, एथ्लेटिक्स तर्फ ट्रयाक दौड छात्र/छात्रा, उफ्रने र फाक्ने तर्फ, हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङथ्रो लगाएतका प्रतियोगिता हुने शिक्षा संयोजक रत्न बहादुर केसीले जानकारी दिनुभयो  । शिल्ड यहि फाल्गुन १० गते सम्म संचालन हुने छ ।

गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रत्नबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष जनककुमार बाठाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै उपाध्यक्ष तारा बुढा केसी, वडा अध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो । उद्घाटन समारोहको संचालन विरेन्द्र प्रशाद बुढाथोकीले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News