रुकुम पश्चिम ७, फागुन ।
रुकुम पश्चिमको सानीभेरि गाउँपालिकामा सञ्चालित चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि राप्ती ज्ञानोदय मावि सिम्लीले हात पारेको छ । १३ वटा विद्यालयलाई पछि पार्दै ६ स्वर्ण, २ रजत र २ काश्य गरी जम्मा १० पदक सहित राप्ती ज्ञानोदय मावि सिम्लीले उपाधी हात पारेको हो ।
त्यस्तै ४ स्वर्ण, ३ रजत र १ काश्य गरी जम्मा ८ पदक सहित बालज्योती मावि गिठाकोट दोस्रो भयको छ । ३ स्वर्ण, ४ रजत र २ काश्य गरी जम्मा ९ पदक जित्दै सूर्योदय मावि बेल्टापु तेस्रो भयको छ ।
विभिन्न ७ बिधाका प्रतियोगिता भएको शिल्डमा गाउँपालिकाका १३ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा छोटो तथा लामो दूरी (२ सय मिटर देखि ३ हजार मिटर सम्मको ) दौड प्रतियोगिता, भलिबल प्रतियोगिता, लङ्गजम्प, त्रिपलजम्प, ज्यावलिङ थ्रो, सटफुट र हाईजम्प लगायतका प्रतियोगिताहरु सञ्चालन भएका थिए ।